जसपा सरकारमा जाने संकेत: महन्त र राजेन्द्र प्रम ओलीसँग बालुवाटरमा छलफल गर्दै

जेठ, १७ काठमाडौं । जनता समावादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सरकारमा जानका लागि प्रधानमनत्री ओलीसँग सरकारमा जान छलफलमा छन् ।
अहिले उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा ठाकुर पक्ष सरकारमा सहभागी हुने विषयमा कुराकानी भइरहेको बताइएको छ ।

सरकारमा जाँदा कहिले जाने कति मन्त्रालय जसपाले पाउने लगायतका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्न ठनकुर र महतो आज बिहान १० बजे बालुवाटार पुगेका थिए ।