लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनः काँग्रेस गठबन्धनका उम्मेद्वार पाण्डेय निर्वाचित

जेठ, १७ काठमाडौं । लुम्बीनी प्रदेशमा राष्ट्रियसभाका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् ।

उनले एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्कालाई ५ सय ४६ मतभारले हराउँदै विजयी भएका हुन् ।

खड्काले ३५ सय ९४ मत प्राप्त गरेका थिए भने पाण्डेले ४१ सयले ४० मत प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।