बढ्यो सुनको मूल्य, कसरी कारोबार भइरहेको छ ?

२९ भदौ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुन प्रतितोला ४०० ले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।