जेठ, १८ काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले पशु चिकित्सकहरुलाई छिटो भन्दा छिटो कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ । आज एशोशिएसनले स्वास्थ्य तथाजनसख्या मन्त्रालयको सचिब श्री लक्ष्मण अर्याल समक्ष पत्र पेश गर्दै उखोप लगाउन माग गरेको हो ।
नेपाल भेटेरिनरी एशोसियसन निरन्तर रुपमा जनस्वास्थयको प्रवद्धन, एक स्वास्थ्य अवधारणाको व्यवहारिक कार्यान्वयन र जुनोटिक रोग नियन्त्रण आदिमा नेपाल सरकारसंग सधै सहकार्य गरीरहेको उल्लेख गर्दै आफुहरुलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन माग गरेको हो ।
एशोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलायमा पत्र लेख्दै भनेका छन्– ‘कोभिड महामारीको दोस्रो लहर व्यापक बन्दै गइरेहको अवस्थामा यसले व्यापक मानविय क्षति पूर्याउदै आएको र कृषकको घरदैलोमा पुगिदैनिक सेवा पूर्याउनुपर्ने पशु स्वास्थ्य कर्मी समेत यसको चपेटामा परेका छन्।’
पत्रमा भनिएको छ– ‘२०७७ साल असार ७ गतेबाट भेटेरिनरी सेवालाई नेपाल सरकारले अत्यावश्यक सेवामा राखेको हुनाले सरकारी तथा निजी स्तरका भेटेरिनरी अस्पताल, क्लिनिक तथा प्रयोगशालाहरु निषेधाज्ञा अवधिमा समेत दैनिक संचालन भई निरन्तर पशुस्वास्थ्य सेवा पूर्याईरहेका छन् । सधै अग्रपंतिम्मा रहि पशुपन्छी उपचारमा खटिनुपर्ने, कतिपय अवस्थामा कृषकको घरदैलोमा नै पुगिखोप, उपचार तथा कृत्रिम गर्भाधान सेवा पूयाउनुपर्ने अवस्थामा रहेका पशु चिकित्सकहरुलाई उच्च प्राथमिकतामा राखि आफ्ना सदस्यलाईई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोपको व्यवस्थाको लागि नेपाल सरकारको ध्यानअकर्षण गराउछौं ।’
एशोसिएसनले महामारीविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रस्ताव पनि स्वास्थ्य मन्त्रालयसँग राखेको छ ।
निरन्तर जुनोटिक रोग नियन्त्रण, प्रतिजैविकी प्रतिरोध न्यूनीकरण, जनस्वास्थ्यको प्रवद्र्धन र एक स्वास्थ्य अवधारणाको व्यवहारिक कार्यान्वयन आदिमा नेपाल सरकारसंग सदैव सहकार्य गरेको स्मरण गराउँदै एशोसिएसनले त्यस्तो प्रस्ताव राखेको हो ।
‘करिब १४०० सदस्यसहित देशभरि सञ्जाल रहेको भेटेरिनरिएनको एक मात्र छाता संस्था नेपाल भेटेरिनरी एसोसिएसन यस महामारीमा आफ्ना विज्ञ सदस्यहरूमार्फत् त्यस मन्त्रालयलाई सहयोग गर्न तत्पर छ,’ प्रस्तावमा भनिएको छ, ‘कोभिड रोगको इपिडिमियोलोजिकल अध्ययन, कन्ट्रयाक्ट टे«सिङ, जनचेतना, कोभिडविरुद्ध खोप अभियान आदिमा मेडिकल अधिकृतहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’









