विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन

जेठ, १८ काठमडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको कोरोना संक्रमणबाट निधन भएको छ ।

४४ बर्षको उमेरमा कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहेका नेता थापाको आज दिउसो ४ बजेर १५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको छ।

उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

थापा २०७६ असोज अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए। आठ वर्ष उनले अध्यक्ष पदमा रहेर काम गरेका थिए।