जेठ, १८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वितेका २४ घण्टामा थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।
त्यस्तै ६ हजार ८९८ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ।
कुल २०,१६५ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०१८ एन्टिजन परीक्षण हो जसबाट ८०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।







