भदौ २९, बाग्लुङ ।
आइतबार गएको पहिरोमा परी मृत्यु भएका एक वृद्धको शव भेटिएको छ । जिल्लाको जैमिनी नगरपालिका १ कुश्मीशेरास्थित टुनीबोटका ६१ वर्षिय हरिकृष्ण पौडेलको शव भेटिएको हो ।
बेपत्ता भनिएका उनको शव पाँच घन्टाको प्रयासपछि सोमबार भेटिएको हो । उनका परिवारका अन्य सदस्य सकुशल रहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।
अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा उनी सहित तीन जनाको मृत्यु भएको छ । पूर्ण रूपमा क्षति भएको उनको घरबाट उनको शव निकालिएको हो ।






