थप ६ हजार ६५३ जनामा कोरोना पुष्टि, १०१ जनाको निधन

जेठ, २१ काठमाडौं । पछिल्लो विवरण अनुसार थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् भने थप १०१ जनाले ज्यान गुमाएका छन्।

आज देशभर थपिएका मध्ये उपत्यकाका संक्रमित बढी छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् ।