जेठ, २३ काठमाडौं । अधिवक्ता टिकाराम भट्टराईले कार्यपालिका न्यायपालिकालाई विघटन गर्नेतर्फ अघि बढेको आरोप लगाएका छन् ।
उनले भनेका छन् ‘अहिले जुन इजालस छ, यो डिफन्सन गर्ने हो भने परिणाम राम्रो हुदैन । यो हदसम्मको निर्लज्ज निकृस्ट प्रहार न्यायपालिकामाथी कार्यपालिकाबाट कहिल्यै भएको थिएन । कार्यपालिका न्यायपालिकालाई विघटन गर्नेतर्फ अघि बढ्यो ।’
उनले भनेका छन्–कार्यपालिका जुन ढंगले चलेको छ, न्यायलय, संविधानलाई जहाँ लान खोजिदैछ त्यसको पुर्वअभ्यास हुदैछ । जस्तोसुकै परिस्थितिमा न्यायलय र संविधान बचाउन यो अदालत जस्तोसुकै धम्कीबाट प्रभावित हुदैन यो हाम्रो अदालतसंग छ । सिधाान्तको कुरा हामिलाई सिकाउनुपर्दैन इजलासप्रती निवेदकले प्रश्न उठाउन सक्छ स्वार्थ बाझिन सक्छ भनेर । तर सरकारले प्रश्न उठाउदैन । शाही शासनमा, पन्चायतमा यो अदालत झुकेन । पन्चायतमा, राजाको पालामा हुन नसकेको अदालतको हुर्मत गणतन्त्रमा कार्यपालिकाबाट हुन्छ भने न्यायलय टुलुटुलु हेरेर बस्न सक्दैन ।







