जेठ, २४ काठमाडौ. । आइतबार प्रधानमनत्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुदे प्रस्ता अघि सारेपछि आज माधवकुमार पक्षका नेताहरुको बैठक बस्दै छ ।
आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।
खनाल(नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको बुझिएको छ ।







