जेठ, २४ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द शम्शेर जबरालाई सन्चो नभएपछि सर्वोच्च अदालतले संवैधानिक इनलास आज नबस्ने भएको छ ।
प्रधानन्यायाधीश जबरालाई सन्चो नभएको उनको सचिवालयले जनाएको छ ।
संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।







