के तपाईका पशुपन्छी विरामी छन ? भेटेरिनरी अस्पताल जान पाउनु भएको छैन ? परामर्शका लागि निःशुल्क नम्बरमा फोन गर्नुहोस्…

जेठ, २४ काठमाडौं । पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्नका लागि निशुल्क हटलाईन सेवा सुरु भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनले कोभिड महामारीका बिचमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न ४ अंकको निशुल्क हटलाइन सेवा सुरु गरेका एशोसिएसनले आज एक विज्ञप्ती जारी गरी जानकारी गराएको हो ।

कृषकहरुको सहजताको लागि ११५९ डायल गरेर निशुल्क रुपमा समास्य समाधानका लागि फोन गर्न सकिने छ । एशोसिएसनका अध्यक्ष डा.सितलकाजी श्रेष्ठद्वा हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको –निरन्तर रुपमा पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बर मार्फत निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि हटलाइन फोन सेवा सुरु गरेको हो । यो सेवा प्रदान गर्न नेपाल भेटेरिनरी एशोसिएसनसंग निम्बस कम्पनिले सहकार्य गरेको छ । निम्बस नेपालमा पशुपन्छीको पेलेट दाना उत्पादन गर्ने पहिलो कम्पनि हो। नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुंच करिब ३० प्रतिशत कृषककोमा मात्र पुगेको परिप्रक्ष्यमा यस कार्यले सेवा पाउनबाट बन्चिंत दुर दराजको कृषकलाई समेत विज्ञसँग सिधै जोडिदिनेछ।’

गत वर्ष जस्तै यस वर्ष पनि नेपाल भेटेरिनरी एशोसिएसन र यसका प्रादेशिक कमिटिहरुबाट टेलीमेडिसिन परामर्श सेवा संचालन समेत सन्चालान गरेको विज्ञप्तीमा उल्लेख छ । टेलीलिमेडिसिन परामर्श सेवाका निम्ति एशोसिएसनले देशभरिबाट करिब ३०० पशु चिकित्सकहरुको सम्पर्क नंम्बर सार्बजनिक गरेको छ। टेलीलिमेडिसिन परामर्श सेवा आवश्यकताका अनुसार भिडियो प्रबिधि मार्फत पनि हुनेछ विज्ञप्तीमा भनिएको छ ।

हटलाइन टोल फ्रि नंम्बरमा सेवा प्रदानको लागि विभिन्न क्षेत्रमा पशुपन्छि उपचार सेवामा सक्रिय अनुभवी पशुचिकित्सहरुले सेवा प्रदान गर्नेछ भने टेलि मेडिसिन परामर्शमा प्रादेशिक कमिटि सहितको व्यवस्थापनमा करिब ३०० पशु चिकित्सकहरुको सहभागिता रहनेछ ।