आमाको हत्या गरेको अभियोगमा छोरा नियन्त्रणमा

भदौ २९, झापा ।
आफ्नै आमालाई बञ्चरो र ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा २४ वर्षिय दिनेश ऋषिदेव छन् ।

उनले मादक पदार्थ सेवन गरेको बेला ५० वर्षिया आमा मीरालाई आइतबार राति प्रहार गरेका थिए । घटना लगत्तै उनको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले उनलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।