बाम्फोकले घाँटी रेटेर श्रीमतीको हत्या

जेठ, २८ इलाम । इलामको देउमाई नगरपालिका –४ चित्र भन्ने स्थानमा एक व्यत्तिले श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विवादका कारण झगडा हुँदा ४५ वर्षीय ताकबहादुर तामाङ्गले ४६ वर्षीया श्रीमती सुर्जामाया तामाङको शुक्रबार विहान साढे आठ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

तामाङले श्रीमतीको दाउ (बाम्फोक) ले घाँटी काटेर हत्या गरेको प्रहरी नायव निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

भोजपुरको साविक ओख्रे ४ घर भएका तामाङ देउमाई नगरपालिका वडा नं. ४ तुलसीराम आचार्यको घरमा एक वर्षदेखि डेरा गरेर बस्दै आएका थिए ।
घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ ।