कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो

१५ हजार भन्दा बढी उपचाररत

भदौ २९, काठमाडौं ।
देशभरमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार १ सय ७० जनामा संक्रमण भेटिएको छ ।

देशभर १० हजार ८ सय ७८ जनाको स्वाब परीक्षण गर्दा उल्लिखित संख्यामा संक्रमित भेटिएका हुन् । अब कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ भने ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा ८ सय ७९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म २ सय ६० जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

साथै, १५ हजार ३ सय ९३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।