जेठ, ३० पाँचथर । फिदिम नगरपालिका ४ जोरसाल ८० बर्षीय टेक बहादुर लिम्बुको हत्याको अनुसान्धानका लागि धरानबाट लालिमप्राप्त कुकुर झिकाइको छ । गए राति लिम्बुको धारीलो हतियार प्रयोग गरी हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
हत्या भएको घरमा बिरामी श्रीमती र टेकबहादुर मात्र बस्ने गरेका थिए ।
प्रहरीले घटनास्थल पुणर्रुपमा शिल गरेर अनुसन्धान गरिरहेको छ ।
राति सुतेको अवस्थामा टेकबहादुरको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । टेकबहादुरको श्रीमती बोल्न नसक्ने भए पछि अनुसन्धानमा केहि समस्या भएको अनुसन्धानमा संलग्न प्रहरी बताउछन् ।
प्रहरीले हत्यामा संलग्न हुनसक्ने आशंकामा केही व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ ।







