असोज ५ बाट सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान हुने

भदौ ३०, काठमाडौं ।
सरकारले असोज ५ गत्तेदेखि सार्वजनिक यातायात र आन्तरिक हवाइ उडन सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

यातायात व्यवसायीहरूले सरकारले सञ्चालन गर्न नदिए असोज १ बाट आफैले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए । तर यसैबीच सरकारले असोज ५ बाट लामो दुरीको यातायात सहित आन्तरिक हवाइ उडान गर्न दिने निर्णय गरेको हो ।
(फाइल फोटो)