भदौ ३०, सिन्धुपाल्चोक ।
जिल्लामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । सोमबार ४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
उक्त पहिरोमा १७ जना अझै बेपत्ता रहेका छन् । बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । एउटै वडाका तीन स्थानमा आइतबार बिहान पहिरो गएको थियो ।







