कोरोना संक्रमित महिलाको मृत्यु

भदौ ३०, पर्सा ।
वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृतकमा बारा जितपुर घर भएकी ५५ वर्षिया महिला छिन् ।

सोमबार मध्यान्ह उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको उनको क्रममा सोही साँझ मृत्यु भएको हो । उनमा संक्रमणले कडा खालको निमोनिया थियो भने उनी मधुमेह र हाइपरटेन्सनकी बिरामी रहेको अस्पतालले जनाएको छ ।

आइसीयूमा राखेर उनको उपचार भइरहेको थियो । यससँगै जिल्लामा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ । मृतकमा ४१ जना पर्साका हुन् भने अन्य प्रदेश नं. २ कै अन्य जिल्लाका हुन् ।