मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने महिला प्रहरी नियन्त्रणमा

भदौ ३०, महोत्तरी ।
लागूऔषधको मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले महोत्तरी अजमपट्टि घर भइ जलेश्वर बस्दै आएकी एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार ३७ वर्षिया ममता मण्डललाई पक्राउ गरेको हो ।

उनले लागूऔषध मुद्दाका प्रतिवादी सोही जिल्लाका सम्सी गाउँपालिका ४ बस्ने युवकको परिवारबाट १ लाख ८० हजार रूपैयाँ लिएको प्रहरीको भनाइ छ । प्रतिवादी बनाइएका युवककी आमासँग उक्त रकम लिएर उनी फरार भएकी थिइन् ।

प्रहरीले यस घटनामा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।