प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य

३० भदौ, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । हिजोको तुलमा सुनको मूल्य प्रतितोला ६ सयले वृद्धि भई ९७ हजार ५०० रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आईतबार स्थिर रहेको सुनको भाउ हिजो (सोमबार) बढेको थियो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।