माधव निवासमा एमाले वार्ता टोली

असार, २० काठमाडौं । एमाले विवाद समाधान प्रयासका लागि यतिवेला वार्ता टोलीका ६ जना माधव नेपाल निवास कोटेश्वर पुगेका छन ।
नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्बाङ र विष्णु पौडेल कोटेश्वर पुगेका हुन् । त्यस्तै नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि त्यहाँ पुगेका छन् ।
६ जनाको टोलीबीच शनिावर पनि वार्ता भएको थियो ।