प्रधानमन्त्रीले मार्ग प्रशस्त हैन, अवरुद्धचाहिँ गर्नुभो : उपेन्द्रकेशरी न्यौपाने

असार, २० काठमाडौं । बरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले प्रधानन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नुको साटो अबरुद्ध गरेको जिकिर गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा तर्फबाट बहस गरेका न्यौपानेले भने–‘प्रधानमन्त्रीबाट मार्ग अवरुद्ध चाहिँ भयो । प्रधानमन्त्री जुन बाटो जानुभएको छ उँहाले मार्ग प्रशस्त गरेपछि ७६ (५) मा आफैं जाने होइन्, अरुलाई समर्थन गरेर जाने हो ।’

संवैधानि इजलासमा बरिष्ठ अधिवक्ता न्योपाने र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिच यस्तो सवाल जवाफ भयो ?

प्रधानन्यायाधीशः बैकल्पिक सरकार भनेको अर्को दलको सरकार कि, सरकारमै रहेको एमाले भित्रबाटै विकल्प खोजेको हो ?

उपेन्द्रकेशरीः श्रीमान, राजनिती पार्टी भित्रकै ब्यक्तिले सरकार बनाओस भनेको हो । विश्वासको मत नपाएपनि चुनाव गराउन सक्ने सरकार उपधारा ५ ले खोजेको छ ।

प्रधानन्यायाधीशः एमाले भित्रका २६ जनाले देउवाकोमा समर्थन गर्नुभाको छ, यो प्रक्रिया चाहिँ वैकल्पिक सरकार हुन्जेल विघटन गर्नुहुन्न भन्ने यसअघि (फागुन ११)को फैसलाको सिद्दान्तसँग मिल्छ ?

उपेन्द्रकेशरीः जनमत जोगाउन आफ्नोे विवेक प्रयोग गर्न दिनुपर्छ । जसपाले प्रधानमन्त्री ९केपी ओली०लाई समर्थन गर्ने भए ७६ (२) मै गर्ने थियो (३) मै गर्ने थियो तर, ७६ (५) मा आएर किन गर्यो त श्रीमान्, असत्य कहिल्यै टिक्दैन, सत्य कहिल्यै मर्दैन् ।