संवैधानिक इजलासः जवाफी बहस रमण श्रेष्ठ

असार, २० काठमाडौं । संसद विघटन सम्बन्धि बहस जारी छ । आजबाट सभामुखका तर्फका वकिलहरुले बहस गरिरहेका छन् ।

केपी ओलीले राष्ट्रपतिको काँधमा राखेर बन्दुक पड्काउनु भयो। अघिल्लो पटक प्रमको अधिकारबारे व्याख्या गरेकै हो। उक्त व्याख्याअनुसार विघटन गर्न नसकेपछि अहिले यसरी राष्ट्रपतिलाई अगाडि सारेर विघटन गरिएको हो।

निर्दलीयताको प्रश्न
धारा १०० निर्दलीय हो ? होइन । त्यस्तै ७६९५० विशेष अवस्थामा प्रयोग हुने हो ।

हामीले यस्तै राष्टपति खोजेको हो ? जो माथि प्रश्नै उठाउन नमिल्ने ?

प्रधानन्यायाधीशः त्यो मिलेर हुन्छ र ?

रमनः हुन्छ हुँदैन आफ्नै ठाउँमा छ।

उपधारा ७ अनुसार विघटनको सिफारिस गर्ने प्रधानमन्त्री विश्वासको मत पाउने त हुनै सक्दैन नि ? इश्वर खतिवडा
५ को प्रधानमन्त्रीलाई मात्रै हो विघटनको सिफारिस गर्ने। जुन निकायले संविधान अनुसार गर्नु भएको छैन। उसलाई गर भन्नुपर्छ। १४६ जना त तारेखमा बस्नु भएको छ,उहाँहरुको निवेदन नै छ।

केपी शर्मा ओलीले ७६(४) अनुसार बिश्वासको मत लिएका छैन्न । लिन सक्दिन भन्नु भो यो भनेको पनि बिश्वासको मत नपाएको भन्ने हो ।

इश्वर खतिवडाः ७६(७) अनुसार विघटन सिफारिस गर्ने प्रधानमन्त्री भनेकै बिश्वासको मत नपाएको हो ।

अब जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाकी