असार, २१ काठमाडौं । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले फैसलाबाट संविधान जीवन्त बन्नु पर्ने धारणा व्यक्त गरेका छन् । संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइको क्रममा एमीकस क्यूरिका तर्फबाट राय दिँदै वैद्यले त्यस्तो राय पेश गरेका हुन् ।
उनको राय यस्तो छ
बैशाख ३० गतेको नियुक्तिले कार्यरत रहेको प्रधानमन्त्री र अर्को ७६(३) को प्रधानमन्त्री । ७६(१) देखि ७ सम्म हेरेर जादा खेरी। भरखरै निर्वाचित भएर आएको प्रधानमन्त्रीलाई नियुक्त गर्ने संसदीय दलमा नियुक्त भएको प्रमलाई नियुक्त गर्दै ७ सम्म जाने हो।
७६(३) अनुसार अहिले जुन प्रधानमन्त्री हुनुहुन्छ। बैशाख ३० गते त्यो अनुसार प्रधानमन्त्री नियुक्ति गरियो त्यो नियुक्तिको व्यहोरा के हो ? इजलासले हेर्नुपर्छ । ससदिय दलको प्रतिनिधि सभामा ठूलो दलको नेताको हैसियतले नियुक्त गरियो। उनी बैशाख ३० गते दलको नेता त होइन नि विश्वासको मत नपाएको बेला पनि उहा नै दलको नेता हुनुहुन्थ्यो। नयाँ दलको नेता चयन नभएको अवस्था अनुसार उहा ७६(३) को प्रधानमन्त्री नियुक्त हुनुभएको हो। त्यो नै गैर सवैधानिक छ ।
२७ गते विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकाश के हो रु त्यो निकास खोज्नु पर्दैन राष्ट्रपतिले रु विश्वासको मत आर्जन गर्न नसकेपछि उहाँ पद मुक्त हुनु भएको छ । विश्वासको मत गुमाएको प्रधानमन्त्रीको हैसियत के हो भनेर राष्ट्रले थाह पाउनु पार्थ्यो । तर देशलाई गुमराहमा राखियो ।
पदमुक्त भयको प्रधानमन्त्रीलाई फेरी गरीएको नियुक्ति नै ठीक छैन् । विश्वासको मत पाएनौं भने घर जाउ भनेको हो । फेरि त्यहीं पदमा दावी गर भन्या होइन् । त्यही दलको नेताको रूपमा सत्तामा बस् भन्या होइन् ।
उहाँको पार्टी भित्रको निजात्मक बखेडा हो । त्यहीं कारणले घरी घरी विघटन भाको छ । यसलाई सम्बैधानिक मान्न सकिदैन । त्यो आदत से मजबूर भन्छन् नि श्रीमान् । उहाँमा महत्वाकांक्ष छ, महत्त्वकान्छ्याले के गर्छ ठेगान हुदैन । त्यो नहोस भन्नका निम्ति सावधानी अपनाउनु पर्छ ।
अन्तिममा श्रीमान संविधान सुदुर भविष्यका लागि लेखिएको हो । आज र भोलिका सन्तन्तिका लागि लेखिएको हो। जिवन्त बनोस संविधान ।







