एमिकस क्युरीका घिमिरे भन्छन्ः ७६(५) मा हावादारी मान्छे प्रधानमन्त्रीमा आउन मिल्दैन

असार, २१ काठमाडौं । प्रतिनिधिसभा विघटनका विषयामा एमिकस क्युरीमा राय पेश गर्दै सर्वोच्च बारका तर्फबाट वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले ७६(५) मा हावादारी मान्छे प्रधानमन्त्रीमा आउन नमिल्ने बताएका हुन् । उनले भने -वर्तमान प्रधानमन्त्री धारा ७६(२) बमोजिम आउनुभयो दुई पार्टी बनेपछि ७६(१) बमोजिम हुनुभयो। फेरि दल फुटेर समर्थन फिर्ता भएपछि ७६(२) मा जानू भयो। विश्वासको मत लिनुपर्यो। लिन नसकेपछि उहाँ नै ७६(३) अन्तरगत सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्नुभयो ।

उनले थपे((जनताले पत्याएको छैन भने मन्त्री पनि हुन नपाउने भन्ने छ भने विश्वासको मत नपाएको व्यक्ति कसरी प्रधानमन्त्री हुन सक्छ। उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा अनि ७ मा जाने हो। प्रमलाई के लाग्यो मेरो विकल्प म नै हो भन्ने लाग्यो। जेठ ६ सम्म विश्वासको मत पाउदिन भनेको मानिसले अर्को दिन दावी पेश गर्नुभयो ।

राय पेश गर्दै घिमिरेले थपे -उजुरी गयो भनियो म त उजुरी पनि भन्दिन । त्यो गएपछि त्यसलाई आधार मानेर राष्ट्रपतिले निर्णय गर्नुभयो । रास्ट्रपतिले बिग्यप्ती नै निकालेर दलको निर्णय हेरिएको, दोहोरो परेको के के भन्नू भो । ७६(५) मा सरकार बनाउन समर्थन दलको मात्रै होइन पनि हो ।मात्रै होइन पनि हो । त्यसकारण यहाँ शेरबहादुरको दाबी पुग्ने देखिन्छ । बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने भनिएको छ । ७६(१) मा राष्ट्रपतिकहाँ दाबी गर्न जान परेन । ७६(२) मा मान्छे खडा गर्न परेन दलहरूको चिठी भए पौउछ । तर ७६(५) बिश्वासको मत प्राप्त गर्ने भनिएको छ त्यो भनेको टाउकै गन्ने हो । केपी ओलीको चिठी गयो । तर एमालेको संसदीय दलको होइन, जसपा पनि चिट्ठी मात्रै लिएर गयो । त्यो एमाले र जसपाको चिट्ठी ७६(२) मा मात्रै काम लाग्छ । ७६(३) मा संसदीय दलको नेता आउनुपर्ने । ७६(५) मा ब्यक्ति आउने हो । यहाँ पार्टीले नसकेपछी आउने हो । दलहरूलाई प्रसस्त मौका दिएको छ । त्यो मौका दलहरूले गुमाएपछि ७६(५) मा गएको हो ।

प्रन्याः २ र ३ को सरकारले ४ को विश्वास मत लिनुपर्छ । प्रक्रिया हो । २ ले र ३ ले पनि विश्वासको मत पाएन भने कायम हुन सक्दैन । ५ ले पनि ४ को प्रक्रिया पूरा गर्नुपर्छ भन्नुभएको हो ?

जवाफः ३ मा विश्वास गुमाएका प्रधानमन्त्री ५ मा आउन पाइँदैन। ५ मा हावादारी मान्छे आउन मिल्दैन । ७६(५) मा बिश्वासको मत नपाएको, एक पटक टेस्ट भैसकेको भन्दा अर्को ब्यक्ति आउनुस भनेको हो ।