असार, २६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मेलम्चीको क्षति ग्रस्त स्थानको निरीक्षण गर्देछन् ।
प्रधामनमन्त्री ओली हेलिकप्टरमार्फट हेलम्बू गाउँपालिका पुगेका छन् । उनीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ त्यहाँ पुगेका छन् । अहिले हेलिकम्पटर मार्फट हेलम्बु गाउँपालिका, मेलम्चीको घ्याङ, किउली क्षेत्रको निरीक्षण गरीरहेका छन् ।
निरीक्षणमा पूर्व स्वास्थ्य मन्त्री तथा शेरबहादुर तामाङ पनि सहभागि छन् ।
प्रधानमन्त्रीसहितको उक्त टिमले मेलम्ची बजारको क्षतिग्रस्त स्थानको गाडि मार्फत निरीक्षणसमेत गर्ने छ ।
निरीक्षण पश्चात प्रधानमन्त्री ओलीले स्थानिय जनप्रतिनिधहरुसँग छलफल गर्ने र निर्देशन दिनुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली मेलम्ची निरीक्षणमा







