असार, ३० काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फर्कीएका छन्।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो । नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरेपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।







