साउन, २ काठमाडौं । नेकपा एमालेको विघटित कार्यदल आज पनि अनौपचारीक छलपलमा जुटेको छ । अहिले सिंहदरबारमा उक्त कार्यदलको छलफल चलिरहेको स्रोतले बताएको छ ।
शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले उक्त कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्दै कार्यदलको विघटन गरेको थियो ।
एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका नेताहरुबीच पार्टी र संसदीय दलको बैठक माधव नेपाल पक्षसहित बस्ने उपायको बारेमा कुराकानी भइरहेको स्रोतले जनाएको छ ।
नेपाल पक्षको सहयोगले शेरबहादुर देउवाको सरकार बनेर एमालेको सरकार ढलेपछि पार्टीभित्र थप संकट बढेको छ ।







