प्रदेश नं २ः दुई मन्त्रीले दिए राजीनामा

साउन, २ जनकपुरधाम । प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले उनीहाँहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गरेको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिएको बताइएको छ ।

नेकपा माआओदी केन्द्र आजै सरकारमा सहभागी हुनेछ । सो पार्टी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवि कर्णलाई राज्यमन्त्री पदमा शपथ गराइने कार्यक्रम रहेको बताइएको छ ।