साउन, ४ काठमाडौं । एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको यो खोप आजबाट नेपालमा पनि लगाउन सुरु गरिँदै छ । जेन्सन एण्ड जोन्सन कम्पनीको उत्पादक अमेरिकी खोप अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको हो ।
उक्त खोप निश्चित उमेर समूह र अपांगता भएका मान्छेले आजबाट लगाउन पाउने भएका हुन् ।
आज उक्त खोप काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्र तथा खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुका तोकिएका खोपकेन्द्रबाट लगाइने तय भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई र अपांगता भएका व्यक्तिहरु (क र ख वर्ग) लाई प्राथमिकताका साथ लगाइने छ । यसकासाथै नेपालमा बसोबास गरिरहेका शरणार्थी र सरफाइकर्मीहलाई पनि सो खोप लगाइँदै छ ।







