साउन, ७ काठमाडौं । आज पनि नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ । ४ गतेबाट जारी बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान भवन ललितपुरमा बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
आजको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई कारबाही गर्ने विषयमा छलफल बुझिएको छ । एमालेले उनीहरूलाई स्पष्टीकरण सोधिसकेको छ।
अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्र सांसदहरुले हिजो बुधबार पाइसकेका छन्। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।
जारी बैठकमा नेपाल पक्ष भने अनुपस्थि हुँदै आएको छ। बुधबारको बैठकले संविधानको धारा ७६ (५) लाई सच्याउन पहल गर्ने प्रस्ताव पारित गरेको छ।







