कोरोनाः २४ घण्टामा ३१०६ जना नयाँ सक्रमित थपिए, २३ जनाको मृत्यु

साउन १६, काठमाडौं । पछिल्लो विवरण अनुसार पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १९१६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।