भारतीय प्रहरीले तुइनको डोरी काटेकोबारे तत्काल छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

साउन, १७ काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुलामा नेपाली युवा जयसिंह धामी तर्दै गर्दा भारतीय प्रहरीले तुइनको डोरी काटिदिएको घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देश गरेको छ ।

समितिको निर्णय सुनाउदै समिति सभापति पबित्रा निरौला खरेलले भनिन, ‘दार्चुलामा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइनको डोरि काटिदिएको भन्ने आएको छ यसबाट तत्काल छानबिन गर्न समिति संबंधित मन्त्रालयलाई निर्देश गर्दछ ।

समितिमा साम्सहरुले दार्चुला घटनाबारे छानबिन हुनुपर्ने बताएका थिए । दार्चुला घटना भारतले नेपालप्रती हेर्ने एउटा उदाहरण र हेपाहा प्रवृत्तिको निरंतरता भएको भनी घटनाको निन्दा गरेका थिए ।