बलेफी–काठमाडौं सम्पर्क मञ्चलाई पूर्णत दिइयो, विपद व्यवस्थापन कोषमा मन्त्री नेपालले दिए ५० हजार

साउन, १७ काठमाडौं । ३३ सदस्य रहेको बलेफी–काठमाडौं सम्पर्क मञ्चलाई पूर्णता पाएको छ । शनिवार सम्पन्न बलेफी–काठमाडौँ सम्पर्क मंच र विपद ब्यबस्थापन समिति बलेफिको भेलाले सुनिल पौडेलको संयोजकत्वमा ३३ सदस्य रहेको मञ्चलाई पूर्णता दिएको आयोजकले जनाएको छ ।
बलेफीबाटकार्यको सिलसिलामा काठमाडौँ बस्दै आएका पाटीका नेता तथा कार्यकर्ताहरुलाइ एकताबद्ध बनाउदै संगठन मजबुद बनाउने उदेश्यका साथ गरीएको उक्त भेलामा मन्त्री तथा जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।

मन्त्री नेपालद्वारा राहत कोषमा ५० हजार दिने घोषणा

वागमती प्रदेशका उद्योग पर्यटन बन तथा वाताबरण मन्त्री सरेश नेपालको बलेफी गाउँपालिका विपद व्यवस्थापन कोषलाई ५० हजार रुपैँया सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यस्तै बलेफी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष कार्केल लामा र ८ का वडा अध्यक्ष चरी बहादुर तामाङ्गले आफ्नो एक महिनाको मासिक तलब उक्त्त कोषका लागि दिने समेत प्रतिबद्दता जनाएका छन् ।

त्यसैगरी बलेफी गाउँपालिका संगठन कमिटीका अध्यक्ष डम्बर थापाले ५ हजार ५ सय, प्रेम गोपाल श्रेष्ठले ६ हजार, शंखर कार्कीले ५ हजार ५ र मदन चालिसेले ५ हजार ५ अन्य दिपेन्द्र थापा, नमराज थापा लगायतले नगद सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विपद व्यावस्थापन समितीका संयोजक भक्त पराजुलीले बलेफी गाउँपालिका विपद व्यावस्थापनकोषका बारेमा जानकारीसमेत गराएका थिए ।

कोषमा जम्मा भएको रकमले आगामी दिनमा भै परि आउने बाढी, पहिरो, आगलागी, भुकम्प लगायतका विभिन्न खालका प्रकोपबाट हुने क्षतिमा केहि मलम पट्टी लगाउने उदेश्यले कोष सञ्चालनमा ल्याइएको उनले बताए ।

कोटेश्वर पार्टी प्यालेस नरेफाटमा सम्पन्न भएको उक्त्त भेला नेपालको प्रमुख आतिथ्यतामा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होम नारायण श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बलेफी गाउँपालिका संगठन कमिटीका अध्यक्ष डम्बर थापा, एमाले जिल्ला कमिटि सदस्य, पालिका कमिटी सदस्य, युवासंघ केन्द्र तथा जिल्ला कमिटीका सदस्य, अनेरास्ववियु जिल्ला अध्यक्ष तथा सदस्य, सिन्धुपाल्चो–काठमाडौँ सम्पर्क मञ्चका पदाधिकारी लगायतका नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रमा सम्पन्न भएको थियो ।