साउन, १७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।
गत २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन्।







