ओली र नेपालबीच भेटवार्ता गराउने तयारी

साउन, १९ काठमाडौं । नेकपा एमालेमा अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारीका लागि विघटित कार्यदलका नेताहरु छलफलमा जुटेका छन् ।

भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’का लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको हो । उनीहरु वार्ताको वातावरण बनाउन छलफलमा जुटेको स्रोतले जनाएको छ ।

चार नेताबीचको छलफलपछि आजै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको बुझिएको छ ।