भदौ ३१, धरान ।
सप्तरी घर भइ धरानमा उपचार भइरहेको कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका थिए ।
भदौ २८ मा कोरोना पोजिटिभ देखिएका ३५ वर्षिय युवकलाई मंगलबार त्यहाँ भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनमा मृगौलाको समस्या भएकाले पछिल्लो एक वर्षदेखि उनी नियमित डायलासिस गराइरहेका थिए । उनमा उच्च रक्तचापको समस्या समेत देखिएको थियो ।






