साउन, २० काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताए । उनले अघि भने, ‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’
घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्ति नदोहो¥याउनु पर्ने उनको माग छ ।
छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको उनले बताए । तर प्रतिवेदन ल्याउन ढिला गर्न नहुने भन्दै उनले भने, ‘प्रतिवेदन छिटो ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई राहतका लागि तत्काल कदम चालोस् ।’
पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रपूर्ण सम्बन्ध कायम होस् भन्ने चाहेको बताए । दुई देशबीच रहेका समस्या वार्ता र सम्वादको बाध्यमबाट हल गर्न चाहेको पनि उनले बताए ।
तर राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले भने, ‘राष्ट्रिय राजनीतिमा केही मतभेद भए पनि राष्ट्रियताको मामिलामा हामी एक छौं । हेपाहा व्यवहार र अतिक्रमण सहने छैन ।’
‘नेपालमाथि भारतको हेपाहा व्यवहार सैह्य छैन,
नारायणकाजी श्रेष्ठ, नेता नेकपा माओवादी केन्द्र
विश्वभर साम्राज्यवादको बिगबिगी भएको बेलामा सबैतिर उपनिवेशवादको बिगबिगी भएको बेलामा हाम्रै महादेशमा पनि हाम्रा वरीपरी भएका सबैजसो मुलुकहरु साम्राज्यवादीहरुको उपनिवेश भएको बेलामा पनि हाम्रा पुर्वजहरुले हाम्रा पुर्खाहरुले हाम्रो देशलाई कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश बन्न दिनुभएन । र स्वाधिन र स्वतन्त्र देशको रुपमा नेपाललाई यो मुलकलाई खडा गर्नुभयो । त्यस्तो स्वतन्त्र र स्वाधिन देशको नागरिक हुन पाएकोमा आज पनि हामी गौरव गछौं ।
हाम्रा पुर्वज र पुर्खाहरुले हामीलाई यो अविभारा दिनुभयो कि राष्ट्रिय सार्वभैमिकता भैगोलिक अखण्डता, स्वाधिनता स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्नु साथसाथै त्यसको निम्ति राष्ट्रिय एकतालाई सुदृढ गर्नु । आज पनि हामी हाम्रा पुर्वज र पुर्खाहरुले दिएको यो अभिभारालाई शिरोपर गर्छौं । यस अनुसार अगाडि बढ्नु र यसलाई पुरा गर्नु आफ्नो कर्तव्य ठान्छौं । र त्यसमै हामी दृढतापुवर्क अगाडि बढिराखेका छौं । तर, यो कर्तव्य पुरा गर्ने शिलशिलामा हामीलाई थाहा छ हामी सचेत छौं, के अझ हाम्रो मुलुकको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि अतिक्रमण गर्दै विदेश शक्तिहरुद्धारा हाम्रो भूभाग कब्जा गरिएको छ । हाम्रो सीमामा अतिक्रमण गरिएको छ । हाम्रो भूभागमा विदेशी सैनिकहरु सुरक्षा बलहरु बुट बजारिराखेका छन् । विदेशीले सीमामा बनाएका तटबन्ध र बाँधहरुका कारणले हाम्रो कतिपय बस्ती र भुभागहरु डुबानको अवस्थामा छ । कतिपय कैयौ असमान सन्धि सम्झौताहरु अहिले पनि हामीमाथि लादिएका छन । हाम्रो नेपालको आन्तरिक ममलामा हस्तक्षेप गर्ने प्रवृति कायम छ । हस्तक्षेप भइराखेकै छन । यद्धपि, यस मामलामा नेपालमा राजनीतिक पार्टी नेताहरुले पनि कहिलेकाही आफ्नो निहित स्वार्थका निम्ति विदेशी हस्तक्षेपमा रम्ने र कतिपयबेलामा विदेशी हस्तक्षेप नै आमन्त्रण गर्ने प्रवृति देखाबाट पनि विदेशी हस्तक्षेप नेपालमा भित्रिने अवसर प्राप्त भएको छ ।
त्यस्तै गरी नपालको प्राकृतिक स्रोतमाथि पारस्पारिक हितका आधारमा उपयोग गर्नुपर्नेमा नेपालको आफ्नै हितलाई पछाडि धकेलेर आफ्नो विदेशीहरुले आफ्नो हितलाई मात्रै केन्द्रम राखेर नेपाली प्राकृतिक स्रोतको दोहन गर्ने एउटा प्रवृति पनि देखाइराखेका छन ।
नेपालको भूराजनीतिक अवस्थितिको नाजायज फाइदा उठाउँदै नेपालको भूराजनीतिक संवेदनशिलतालाई उपेक्षा गर्दै नेपाली भूमिलाई आफ्नो सामरिक एवं रणनीतिक स्वार्थको निम्त प्रयोग गर्ने, नेपाललाई आफ्नो त्यस स्वार्थको क्रियास्थल बनाउने बिभिन्न बिभिन्न क्रियाकलापहरुबाट नेपाललाई सताउने प्रयत्न पनि भइराखेको हामीले बेहोरेका छौं । हामी यो सबै प्रवृतिप्रति सचेत हुँदै नेपालको रौष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय स्वाभिमान र हितको रक्षा गर्न कृत संकल्पित हुँदै संघर्ष गरिराखेका छौं । र यो संघर्षलाई हरहालतमा सफलताको बिन्दुमा पुर्याउनेमा हामी दृढ छौं ।
तर, सम्माननीय अध्यक्ष महोदय, यसै सिलसिलामा केही दिन अघि मात्रै महाकाली नदिमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी भारतीय सिमा सुरक्षा बल एसएसबीले तइनको तार काटिदिएर अहिलेसम्म पनि बेपत्ता भएको स्थिति कायम छ । र परिवाजनले उहाँको सास र लास केही फेला नपरेको स्थिति भएबाट निधन भएको आशंका गरी कुशको शब बनाएर अन्तिम संस्कार गरेको दुखद घटनाले हामी सबै नपालीको हृदय छिया छिया भएको छ । असामयिक पीडा हामी बेहोरिरहेका छौं । अहिलेसम्म आएका सबै तथ्यहरुले के प्रष्ट गरेको छ भने, यो भारतीय सिमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट जयसिंह धामी महाकाली नदिमा वेपत्ता भएका हुन । म यस प्रकारको अमानवीय उत्पिडनकारी क्रुर कार्यको घोर निन्दा एवं भत्सना गर्दछु । यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासंग सार्वजनिक क्षमतायाचाना गर्न माग गर्दछु । दोषी व्यक्तिहरुमाथि तत्काल कारबाही गर्न माग गर्दछु । र अबका दिनहरुमा यस प्रकारका हेपाहा उत्पिडनकारी व्यवहार अन्त्य गर्न नदोर्याउन पनि म जोडदार माग गर्न चाहन्छु ।
त्यसैगरी, यस सन्दर्भमा नेपाल सरकारले छानविन समिति बनाएर परिपक्क कुटनीतिद्धारा यो समस्याको संवादद्धारा समाधान गरोस र आवश्यकता पर्दा जे कदम चाल्न पर्छ सबै कदम चाल्ने प्रतिवद्धता प्रकट गरेको छ। सामान्यतया त्यो नीतिगत रुपमा ठिकै छ । तर, यो ढिलो भयो । नेपाल सरकारको म गम्भीर ध्यानाकर्षण गराउन चहन्छु । छानविन समितिको छिटो भन्दा छिटो रिर्पोट ल्याएर आफ्नो तर्फबाट भारतसंग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, र दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई उचित राहत र भरथेगको व्यवस्था गर्न तत्काल कदम चालोस भन्ने माग गर्न चाहन्छु ।
नेपाली जनतामा यस प्रकारको अमानवीय क्रुर घटनाबाट जुन पीडा पैदा भएको छ । तयो पीडाले देशभक्तिको बाँध, मावताविरोधी कार्यको विरुद्ध उर्लिएको भावनाले त्यो बाध भत्काएर आफैँ प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनै पनि हालतमा उपयुक्र हुँदैन । यस सम्बनधमा नेपाल सरकारले त्तकाल कदम चालोस भन्ने मविशेष अनुराध गर्न चाहन्छु ।
साथसाथै भारत सरकारलाई पनि विनम्र अपिल गर्न चाहन्छु । हामी भारतसंग असल मैत्रीपुर्ण सम्बन्ध कायम गर्न चाहन्छौं । हामी नेपाल र भारतबीचमा भएक सबै समस्याहरु पारस्पारिक वार्ता र संवादको माध्यमबाट कुटनीतिक ढङ्गबाट सकारात्मक समाधान गरौं भन्ने पक्षमा छौं । तर, म भन्न चाहन्छु नेपाल कुनै पनि हालतमा हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हितमाथिको अतिक्रमण सहन गर्ने छैन । नेपालीमाथिको हेपाहा व्यवहार र यस प्रकारको उत्पिडनको कार्य सहने छैन । त्यसका निम्ति जे गर्नुपर्छ सबै संघर्षै गर्न नपाली जनता देशभक्त नेपालीहरु कृत संकल्पित छन भन्ने कुरा पनि म स्पष्ट पार्न चाहन्छु । त्यसैले भारत सरकारले छिटो भन्दा छिटो आफ्नै पहलकदमीमा पनि क्षमायाचना गर्ने, दोषीमाथि कडा कारबाही गर्ने, र अब अहाइन्दा यस्तो प्रकरको गल्ति दोहोर्याइने छैन भनी प्रतिवद्धता व्यक्त गर्ने काम गरोस भनने म अनुरोध गर्न चाहन्छु ।
हो, अहिले नेपालमा राजनीतिक पार्टीहरुको चिमा आन्तरिक कारणले केही मतभेदहरु देखा परेका छन । तर, कोही भ्रममा नपरुप आवश्यकता पर्दा सारा नेपालका राजनीतिक पार्टीहरु, सबै सामाजिकशक्तिहरु, सम्पुर्ण नेपाली जनताहरु राष्ट्रियताको पक्षमा एक ढिक्का भएका छन । अब पनि एक ढिक्को हुन्छन त्यसैले हामी नेपाललाई हेप्ने, नेपाली भूमि अचिक्रमण गर्ने, नेपालीप्रति दुव्र्यवहार गर्ने काम कसैले नगरोस् र सच्याओस भनेर अनुरोध र अपिल गर्न चाहन्छु ।
नेकपा माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले बुधबार राष्ट्रिय सभामा व्यक्त गरेको बिचार







