साउन, २६ काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओर्ली भ्रष्टाचारीका राजनेता, भ्रष्टाचारका महानायक भएको भनी आलोचना गरेका छन् ।
मंगलबार राष्ट्रिय सभामा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेका थिए । उनले कांग्रेस कुइराको काग भएको, बिचारका दृष्टिले मृत्युप्राय रहेको र माओवादी केन्द्र बैशाखीको खोजीमा रहेको भनी टिप्पणी गरेका थिए ।
नेता भट्टराईको भनाइको खण्डन गर्दै कांग्रेस सांसद रायमाझीले केपी ओली भ्रष्टाचारीका राजनेता, भ्रष्टाचारका महानायक भएको भनिएको खण्डमा स्वीकार्न सकिने बताए ।
‘संसद विघटन गरेर संसद समाप्त गर्ने महानायक, भ्रष्टाचारका महानायकले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो नयाँ सरकार बनाउन । यो अवस्थ कल्ले ल्यो ? हामीले ल्याएको हो ?’ उनले थपे, भ्रष्टाचारका महानायक, भ्रष्टाचारी राजनेता भन्नुस म स्वीकार्न तयार हुन्छु । भ्रष्टाचारीलाई राजनेता भन्ने ?’
ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमा लागेको र असंवैधानिक शासन चलाउन उद्धत भएपछि बाध्य भएर कँंग्रेस सरकारको नेतृत्वमा जानु परेको उनले बताए ।
‘अहिले पनि हाम्रो चहना थिएन सरकार बनाउने । सभापतिले पटक पटक भन्नुभएको थियो सरकारमा जाने चाहना थिएन भनेर । तर, ओली सरकार भ्रष्टाचारमा लिप्त र असंवैधानिक रुपमा चल्न थालेपछि संसदको बहुमत सांसदहरु प्रधानमन्त्री बनाउन तयार भएपछि के गर्ने ?’
‘ओली सकरार भ्रष्टाचारमा डुब्यो । कोरोना औषधिमा समेत भ्रष्टाचारमा लागेपछि भ्रष्टाचारका कहानायक केपी ओलीलाई तह लगाउन अहिलेको गठबन्धन बनेको हो ।’ सांसद रायमाझीले थपे ।
उनले केपी ओली नेतृत्वको सरकारका पालामा भएको औषधि खरिदको अनियमितताबारे छानविनका लागि संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
‘आली सरकारले औषधि खरिद गर्दा अवौं भैष्टाचार भएको छ । यसबारे अध्ययन गर्न संसदीय छानविन समिति गठन गरियो्स् ।’ उनले भने ।
सांसद रायमाझीले ओलीलाई राष्ट्रवादी र राजनेता कसरी पुष्टी हुन्छ ? भनी प्रश्न गरे । ‘सामन्त गोयललाई रातारात वालुवाटार छिराएको कल्ले ? अहिलेको सरकारले गर्यो ? होइन केपी ओलीले गरे । अनि उनी राष्ट्रपवादी ?’ उनले थपे, ‘कांग्रेस हिङ नभएको पार्टी होइन । ओलीका कारण कांग्रेसलाई हरेकले भन्नुपरयो कि सरकारको नेतृत्व गरिदिनुपर्यो ।’
कांग्रेस सांसद रायमाझीले कांग्रेसको चिन्ता नगरी आफ्नै पार्टीको चिन्ता गर्न पनि एमाले सांसद भट्टराईलाई सुझाएका छन् ।
‘नेपाली कांग्रेसको चिन्ता अन्य पार्टीले गर्दै गरको देख्दा नेपाली कँंग्रेसमा प्रवेश गर्ने जमर्को गर्दै हुनुहन्छ कि जस्तो लागिरहेको छ । हैन भने हाम्रो पार्टी, हाम्रो नेताको चिन्ता हामी गछौं । तपाईंहरु आफ्नै पार्टीको चिन्ता गर्नुस’ उनले भने ।
आफु आफैंमा बलियो रहन नसक्ने अनि अरुलाई आदर्श सिकाउने विषय अमिल्दो रहेको उनले बताए ।
‘दुई तिहाईको नजिकमा पुगेर रातारात माओवादीसंग एकता गरेर सरकारमा पुग्छ । कुनै नेतालाई थाहा नदिएर केपी ओलीले प्रचण्डलाई बोलाएर एकता गरेको स्मरण गर्न चाहन्छु । त्यो एकतालाई कायम राख्न नसक्ने अनि अहिले आएर कांग्रेसलाई उपदेश दिने ?’ उनले प्रश्न गरे ।
कांग्रेसले मुलुकलाई महत्वपुर्ण समयमा नेतृत्व गरेको र कम्युनिस्टहरुलाई एक बनाउन समेत भूमिका खेलेको स्मरण गर्न र आफैँमा बलियो हुन सांसद रायमाझीको सुझाव छ । ‘२०४६ सालमा बामगठबन्धन टुक्रा टुक्रमा भएर बसेको बेलामा गणेशमानले घरमा बोलाएर घटक बनाइदिने काम गरेको स्मरण होस’ उनले भने ।







