साउन, २९ काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मेन्टल्ली डिसअर्डर भनेर टिप्पणी गरेका थिए ।
आज बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसदहरुले यादवको भनाई प्रति आपत्ति जनाएका थिए ।
एक सदस्यले अर्को सदस्यालाई आँच पुर्याउने गरि बोलेको भन्दै उक्त भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखसामु आग्रह गरेका छन् ।







