काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको स्वास्थ्य विज्ञान समितिको उपसभापतिमा रितेश रिमाल र सदस्यमा सुना सुवेदी बडाल मनोनित भएका छन्।
रिमाल र सुवेदी दुवै नेपाल पशुपन्छी औषधि व्यवसायी संघसँग सम्बद्ध पदाधिकारी हुन्। रिमाल नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन् भने सुना सुवेदी बडाल सोही संघकी उपाध्यक्ष हुन्।
नेपाल उद्योग वाणिज्य महासंघको उद्देश्य, नीति तथा कार्यक्रमअनुरूप स्वास्थ्य विज्ञान क्षेत्रसँग सम्बन्धित विषयमा समितिले विभिन्न गतिविधि, छलफल, सुझाव तथा नीतिगत कार्यहरू सञ्चालन गर्दै आएको छ।
स्वास्थ्य विज्ञान समितिको सभापतिमा महासंघकै केन्द्रीय सदस्य बिप्लव अधिकारी रहेका छन्।







