३१ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मुल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।







