कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो ।

सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ । युएईमा १९ नेपालीको निधन भएको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ । नेपालबाहेक बाहिर १४ हजार ४२५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको छ ।

कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

एनआरएनएले सहजीकरण गर्ने संक्रमितमध्ये करीब चार हजार पाँच सय नेपाली कोरोना भाइरसबाट मुक्त भएको छ ।