३१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा शुक्रबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको स्रोतले जनाएको छ ।
बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा वा कोटेश्वर पेरिसडाँडामा बस्ने भन्ने निर्क्यौल भईसकेको छैन ।







