१ असोज, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोलामा ९०० रुपैयाँले घटेर कारोबार भइरहको जनाएको छ ।
महासंघका अनुसार हिजो सुनको भाउ प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो आज ९६ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ ९७ हजार रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।
आज चाँदी प्रति तोलामा २० रुपैयाँले घटेर प्रति तोला १ हजार ३२० रुपैयाँ कायम भएको छ । तर बुधबार चाँदी प्रति तोला १ हजार ३४० मा कारोबार भएको थियो ।







