नेपालीहरुको माहान चाँड बडा दशैं तथा तिहारमा मासु बढी मात्रामा प्रयोग गर्ने गरिन्छ । दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् । तर, मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा नेपाली त्यति सचेत छैनन् । चाडबाडमा मासु खानै नहुने भन्ने होइन । तर, कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ ।
दैनिक माछा र मासु कति खाने ?
–रातो मासु २ देखि ३ पिस ।
–माछा २ देखि ३ पिस।
–सेतो मासु बढीमा ५ पिस।
–अन्डा १ देखि २ वटासम्म।
–घाम र धूवाँमा सुकाएको मासु नखाने ।
–सामान्य फ्रिजमा राखिएको मासु दुई-तीनपछि नखाने ।
रगतमा चिल्लो मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुन्जेल दुःख पाउन सक्छन् । दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ ।






