अध्यक्षमा नारायणकाजी श्रेष्ठ सर्वसम्मत

कात्तिक, १० सिन्धुपाल्चोक। मंगलबारबाट सुरु भएको नेकपा(एमाले)को प्रथम अधिवेशनबाट बलेफी गाउँपालिकाको अध्यक्षमा नारायणकाजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा आधा दर्जनभन्दा बढी आकांक्षी भएपनि श्रेष्ठलाई सर्वसम्मत चयन गर्दे ७५ जना कार्य समिति निर्माण भएको हो ।

श्रेष्ठको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा अर्जुन चालिसे, सचीवमा खिका नेपाल, सहसचिवहरु सुर्य खड्का र साम्देन लामा लगायत सदस्यहरु सहित ७५ जनाको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको प्रमुख अमृतकुमार बोहराको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश कमिटीको सदस्य एवं पुर्व मन्त्री सरेश नेपाल, बागमती प्रदेश कमिटी सदस्य एवं बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री र एमालेबाट निर्वाचित बलेफी गाउँपालिकाका जनप्रतिनिधि तथा एमाले आवद्ध संघ संगठनका प्रतिनिधिको उपस्तिथिमा खाडीचौरमा अधिवेशन सम्पन्न भएको हो ।