जर्मनीले कोभिडको ‘ब्यापक’ महामारीको सामना गरिरहेको स्वास्थ्यमन्त्री जेन्स स्पाहनको भनाइ

कात्तिक, १७ बर्लिन । जर्मनीमा कोभिड–१९ विरूद्धको खोप नलगाएका व्यक्तिहरूका कारण ‘ब्यापक’ महामारीको सामना गरिरहेको स्वास्थ्यमन्त्री जेन्स स्पाहनले बुधबार बताएका छन् । उनले यसलाई नियन्त्रणमा लिन ‘कठोर’ कदम चाल्न आह्वान पनि गरे ।

स्पाहनले सञ्चारकर्मीसँग भने, “हाल हामी मुख्यतया खोप नलगाइएको महामारीको अनुभव गर्दैछौं र यो व्यापक छ । जर्मनीका कुनै–कुनै क्षेत्रमा कोभिडको महामारीका कारण सघन उपचार कक्षहरू पूरै भरिएका कारण नयाँ विरामीलाई उपचारका लागि भर्ना गर्न नै कठिनाइ भइरहेको छ ।”

लगभग ८ करोड ३० लाख मानिसहरू भएको युरोपको सबैभन्दा बढी जनसंख्या भएको देश जर्मनीले हालैका हप्ताहरूमा कोभिड–१९ सङ्क्रमणको चौथो लहरको सामना गरिरहेको छ । पछिल्लो एक हप्तामा सङ्क्रमण दर मेपछि उच्च अवस्थामा पुगेको देखिएको छ ।

यस देशले विगत २४ घण्टामा २०,३९८ वटा रोग थप्यो भनी रबर्ट कोच स्वास्थ्य संस्थानले बुधबार बतायो भने अरू १९४ जनाको मृत्यु भयो ।

जनसङ्ख्याको ६६ प्रतिशतभन्दा बढीलाई पूर्णतया खोप लगाइएको छ तर खोप लगाउने क्रम सोचे अनुरूप छिटो हुन नसकेको स्पाहनल बताए । उनले १८ देखि ५९ वर्ष समूहले उल्लेख्य खोप नलगाएकोमा निराशा व्यक्त गरे ।

कोभिडबाट निको भएका वा हालै सङ्क्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्थाको व्यापक परीक्षण गरी चौथो लहर फैलिनुको कारणप्रति सचेत हुनुपर्नेमा उनले जोड दिए ।

केही कठिनाई रहेका क्षेत्रहरूमा खोप लगाएका तथा पूर्णतया निको नभएका व्यक्तिमा खोप र उपचारकोे पहुँच पु¥्याउने वा नागरिकलाइृ महामारीबाट सुरक्षित राख्नुपर्नेमा उनले जोड दिए ।

जर्मनीमा यो अभियानलाई टू–जी प्रणालीका रूपमा उल्लेख गरिएको छ ।

उनले भने, “खोप दुव्र्यवहारसँग यसको कुनै सम्बन्ध छैन, तर स्वास्थ्य सेवा प्रणालीको ओभरलोडिङबाट जोगिने हो ।” उनले जर्मनीमा हालको गति ‘अपर्याप्त’ रहेको भन्दै खोपको ‘बुस्टर’ मात्रालाई व्यापक परिचालन गर्नुपर्ने बताए ।