असोज २, काठमाडौं ।
चितवनको रत्ननगरका मेयरमा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर नारायण वनलाई कोरोना देखिएको हो ।
भदौ २८ मा परीक्षणका लागि स्वाब दिएका उनमा पाँच दिनपछि रिपोर्ट आउँदा कोरोना पोजिटिभ देखिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण स्वाब परीक्षण गराएका उनको स्वास्थ्य हाल सामान्य रहेको उनले बताएका छन् ।
स्वाब दिने दिन लक्षण देखिए पनि हाल स्वास्थ्य सामान्यझैं अनुभव भइरहेको उनले बताए । उनी होम आइसोलेसनमा बसिरहेका छन् ।







